PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दक्षिण अफ्रिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु,एक हजारभन्दा धेरै संक्रमित



दक्षिण अफ्रिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु,एक हजारभन्दा धेरै संक्रमित
PHOTO : BBC

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। पश्चिमी क्षेत्रमा रहेको केप टाउनको एक अस्पतालमा संक्रमितको मृत्यु भएको हो। भाइरसबाट दक्षिण अफ्रिकामा पहिलो संक्रमित व्यक्तिको मृ्त्यु भएको हो। 

दक्षिण अफ्रिकामा भाइरसबाट हालसम्म १ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन्। भाइरसको संक्रमण बढेसँगै तीनहप्ताका लागि देशव्यापी लकडाउन गरिएको छ।

लकडाउन कार्यान्वयन गराउनका लागि सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ। अवस्थालाई सामान्य बनाउन सेनासमेत परिचालन गरिएको छ। लकडाउनको समयमा खाद्यान्न र औषधी पसलहरु संचालन गर्न छुट दिइएको छ।

राष्ट्रपति सिरिल रामापोसाले सबै नागरिकलाई घर भित्रै बस्न आग्रह गरेका छन्। उनले अदृश्य भाइरससँग लड्न र आफ्नो जनतालाई बचाउन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell