PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाविरुद्धको कोषमा कांग्रेस नेता इन्द्र बानियाँले पाँच लाख प्रदान गर्ने



कोरोनाविरुद्धको कोषमा कांग्रेस नेता इन्द्र बानियाँले पाँच लाख प्रदान गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले कोरोनाविरुद्धको कोषमा पाँच लाख उपलब्ध गराउने बताएका छन्।

कोरोनाविरुद्धको सरकारको कदमलाई स्वागत गर्दै उनले मकवानपुरको रक्सिराङ गाउँपालिकाको विपद् कोषमा २ लाख रुपैयाँ तत्काल जम्मा गर्ने वचन दिए।

आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'यस सन्दर्भमा त्यस क्षेत्रको जनप्रतिनिधिको नाताले यस महामारी रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाको अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछ। साथै बैंक अफ काठमाडौ राक्सिराङ शाखास्थित गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा रु. २ लाख रुपैंया तत्काल जम्मा गर्ने घोषणा गर्दछु। अन्य गाउँपालिकालाई पनि सहयोग रकम उपलब्ध गराउने बानियाँले प्रतिवद्धता जाहेर गरेका छन्। 'मनहरी गाउँपालिकालाई १ लाख रुपैंया र कैलाश गाउँपालिकालाई २ लाख रुपैंया उपलब्ध गराउने अवगत गराउँदछु।'

उनले बागमती प्रदेशभर अति न्यून आय भएका विपन्न वर्ग, लोपोन्मुख बनकरीया, सिमान्तकृत चेपाङलगायत दैनिक श्रम गरी खाने असंगठित श्रमिक र जनजाति समुदायलाई लकडाउनको समयमा महामारीविरुद्ध लड्न भोको पेटले नसक्ने भएकाले सम्भावित खाद्य संकटलाई मध्येनजर गर्दै अत्यावश्यक खाद्य सामग्रीको उपलब्धताका लागि संघीय एवं बागमती प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। बानियाँले यो घडीमा आफु जनताको समस्या समाधानका लागि संघीय, प्रदेश एवं स्थानीय तह र नागरिक समाजसँग हातेमालो गर्न प्रतिवद्ध रहेकोसमेत बताए।

राक्सिराङ गाउँपालिका कार्यालयले आर्थिक अवस्थाको मध्यनजर गर्दै कोरोना भाईरस संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परिक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जान परेमा प्रति विरामी ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको छ। यस कार्यका लागि गाउँपालिकाले पालिकाको विपद् व्यवस्थापन कोषमा सरकारले २५ लाख रुपैया जम्मा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell