PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

कोभिड-१९ को उपचारमा केन्द्रित हुन प्रादेशिक अस्पतालले बन्द गर्‍यो अत्यावश्यकबाहेकका सेवा



सुमित मिश्र

कोभिड-१९ को उपचारमा केन्द्रित हुन प्रादेशिक अस्पतालले बन्द गर्‍यो अत्यावश्यकबाहेकका सेवा

जनकपुरधाम : कोरोना भाइरस संक्रमितको उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ। विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न भन्दै अन्य सेवाहरु बन्द गरी उपचार त्यसतर्फमात्र केन्द्रित हुने अस्पतालले जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्डमात्र सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए। उनका अनुसार अस्पतालसँग सम्बन्धित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलगायत, प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरिको छ।

‘जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्विपरहरुको रिजर्भ पुल निर्माण गरिएको छ। सोही पुलबाट फिभर क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आइसियू सञ्चालन गर्न सबैलाई कामकाज गर्न खटाइएको छ,’ डा यादवले अस्पताल मातहतका निकायलाई लेखेको पत्रमा भनिएको छ।

आजदेखि सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालमा अनिवार्य रुपले उपस्थित हुन उनले निर्देशन समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell