PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लकडाउनमा यस्तो देखियो पर्यटकीय शहर पोखरा

लकडाउनमा यस्तो देखियो पर्यटकीय शहर पोखरा


  • राजु आचार्य-

दिनको ठिक १२ बजे। कास्की,पोखरा, चिसापानी टोल-१३ देखि जिल्ला प्रशासन कार्यालय पुगेर फर्कँदा सुनसान देखियो सडक।

यी सडक पार गर्दै गर्दा दुइवटा मात्र तरकारी पसल खुलेको भेटिए। लेक साइडमा १-२ जना  पर्यटक देखिएका थिएl  विभिन्न चोकमा थोरै थोरै सुरक्षाकर्मी। कतै माइकिङ गर्दै हिडेंका सुरक्षाकर्मी पनि भेटिए।

केही पानीका गाडीहरू देखिए। अस्पताल जानेहरू हिँडेर गइरहेका थिए। सधैँ खुट्टा टेक्ने ठाउँ नहुने गण्डकी अस्पतालमा पनि नगई नहुने बिरामीहरू मात्र थिए।

पोखराका मुख्य बजारहरू महेन्द्र पुल, पृथ्वी चोक, चिप्लेढुंगा, लेकसाइड, बगर, रानी पौवा, कुडहर, अमरसिंह चोक, जिरो किलोमिटर सबैतिर पूर्ण रूपमा लक डाउन पालना गरिएको थियो। जिल्ला प्रशासन कार्यालय शनिवार पनि खुलेको थियो र गाडीको पास लिन आउने केहीको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell