PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभिड-१९ सँग लड्न अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने, भारतलाई २९ लाख डलर



कोभिड-१९ सँग लड्न अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने, भारतलाई २९ लाख डलर
PHOTO : USAID

अमेरिकाले कोरोना भाइरस (कोभिड-१९)सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

भाइरससँग जुधिरहेको अमेरिकाले शनिवार ६४ देशलाई १ सय ७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो।

भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुनेछ। डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न दक्षिण एसियाली राष्ट्रहरुलाई १ मिलियन अमेरिकी डलर सहयोग समेत गर्नेछ।

त्यस्तै स्वास्थ्यकर्मीलाई प्रशिक्षण र आवश्यक स्वास्थ्य उपकरण किन्न समेत अमेरिकाले दक्षिण एसियाली देशका लागि बजेट छुटाएको छ। नेपालले १८ लाख अमेरिकी डलर सहयोग पाउने भएको हो। सहयोग अन्तर्गत भारतले २९ लाख, बंगलादेशले ३४ लाख, श्रीलंकाले १३ लाख र अफगानिस्तानले ५० लाख अमेरिकी डलर पाउनेछन्।

युएसएआइडीका सहायक प्रशासक बोनी ग्लिकले भाइरसविरुद्ध लड्न घोषणा भएको नयाँ सहयोगले जनस्वास्थ्यको क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग बताएका छन्। अमेरिकाले दशकौंदेखि विभिन्न देशहरुलाई जनस्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यसबाट धेरैको ज्यान बच्नुका साथै स्वास्थ्य क्षेत्रमा सुधार हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell