PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

शहीदनगर नगरपालिकामा स्वास्थ्यकर्मीका लागि विशेष प्याकेज



सुमित मिश्र

शहीदनगर नगरपालिकामा स्वास्थ्यकर्मीका लागि विशेष प्याकेज

जनकपुरधाम : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मीका लागि धनुषाको शहीदनगर नगरपालिकाले विशेष प्याकेजको व्यवस्था गरेको छ। नगरपालिकाले गठन गरेको 'नोवेल कोरोना भाइरस लक्षित समन्वय समिति'ले सो व्यवस्था गरेको हो।

नगर प्रमुख तथा समितीका संयोजक उदय कुमार बरबरीयाको अध्यक्षतामा गठित समितिको बैठकले कोरोना भाइरसविरुद्ध उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप दैनिक पाँच सय भत्ता निर्णय गरेको हो। त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खण्डमा मृतक चिकित्सक एवं स्वास्थ्यकर्मीको परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।  

कोरोना भाइरस संक्रमणको शंका भएका व्यक्तिहरुलाई क्वारेन्टाइन तथा प्रादेशिक अस्पताल जनकपुरसम्म ल्याउन तथा पुर्‍याउन निःशुल्क एम्बुलेन्स समेत उपलब्ध गराउने निर्णय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले जानकारी दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell