PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोभिड-१९ विरुद्ध लड्न देशव्यापी लकडाउनको तयारीमा रुस



कोभिड-१९ विरुद्ध लड्न देशव्यापी लकडाउनको तयारीमा रुस
Photo: Bloomberg

काठमाडौं : कोभिड-१९ विरुद्ध जुध्नका लागि रुस सरकारले देशव्यापी रुपमा लकडाउन लगाउने भएको छ। रुसका सबै क्षेत्रका प्रमुहरुलाई प्रधानमन्त्री मिखाइल मिशुस्तिनले सबै क्षेत्रमा प्रतिवन्ध लगाउने निर्देशन दिएका हुन्। सोमवार मात्र मस्कोका मेयर सर्जेइ सोवियानिनले सबै नागरिकलाई घरमै रहन निर्देशन दिएका थिए।

मस्कोका एक करोड २७ लाख जनसंख्यालाई सोमवार देखि लागु हुने  गरी आपतकालमा बाहेक बाहिर ननिस्कन मेयरले निर्देशन जारी गरेका हु। मस्कोमा एक मात्र एक हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

मस्कोको सरकारी तथ्यांक अनुसार रुसमा ९ जना मानिसको मृत्यु भएको छ। मेयर सोवियानिनले अनलाइनबाट वक्तव्य जारी गर्दै बाहिर ननिस्कन निर्देशन दिएका हुन्।

स्वास्थ्य आपतकाल बाहेक मानिसहरुलाई घरबाहिर हिँड्न नदिइने भएको छ। साथै उनीहरुलाई नजिकैको खाद्य स्टोर र फार्मेसीसम्म पुग्न दिइने छ। मानिसहरुलाई सामाजिक दुरी कायम गर्न समेत निर्देशन दिइएको छ।

मेयरले गत साता मात्र अत्यावश्यक बाहेकका व्यवसायलाई बन्द गर्न निर्देशन दिएका थ ए।

मार्च २५ मा राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै एक साताका लागि 'नन वर्किङ विक' (काम नगर्ने साता)का रुपमा घोषणा गरेका थिए।

यसलाई रुसीहरुले भ्याकेसनको रुपमा लिएपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपतिको भनाइको अर्थ 'वर्क फ्रम होम'को रुपमा रहेको बताएका थिए। पुटिनका जनस्वास्थ्य अधिकारी आना पोपोभाले पनि गत साता राजधानीलाई लक डाउन गर्ने तयारी भएको बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell