PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

टोकियो ओलम्पिकको नयाँ मिति तय, २०२१ को जुलाई २३ बाट शुरु हुने



टोकियो ओलम्पिकको नयाँ मिति तय, २०२१ को जुलाई २३ बाट शुरु हुने

टोकियो ओलम्पिक आयोजनाको  नयाँ मिति तय भएको छ। कोरोना भाइरसको प्रकोपसँगै २०२० का लागि स्थगित गरिएको ओलम्पिक सन् २०२१ को जुलाई महिनामा आयोजना गर्ने सहमति भएको हो।

यो सँगै टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजकबीच सहमति भएको अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्था क्योदोले जनाएको छ।

यसअघि आगामी जुलाई २४ बाट शुरु हुने भनिएको ओलम्पिक कोरोनाको महामारीका कारण पछि सरेको थियो। अघिल्लो हप्तामात्र जापानी प्रधानमन्त्री सिञ्जो आवे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचबीच ओलम्पिक सार्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell