PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना भाइरस विरुद्ध लड्न अनुष्का र विराटले केन्द्र र राज्य सरकारलाई सहयोग गर्ने



कोरोना भाइरस विरुद्ध लड्न अनुष्का र विराटले केन्द्र र राज्य सरकारलाई सहयोग गर्ने
Photo : Bollywood Hungama

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना भाइरस विरुद्ध लड्न भारतको केन्द्र सरकार र महाराष्ट्र सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन्।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको ‘पीएम केयर्स फण्ड’ र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा उनीहरुले सहयोग गर्ने भएका हुन्।

अनुष्काले ट्वीटर मार्फत विराट र आफूले भाइरस नियन्त्रणविरुद्धको अभियानमा सहयोग गर्न लागेको जानकारी दिएकी हुन्। धेरै मानिस हाल पीडामा रहेको भन्दै उनले आफूहरुले गरेको सहयोगबाट पीडामा रहेका नागरिकहरुलाई सहयोग हुने आशा व्यक्त गरेकी छिन्।

अनुष्का र विराटले कति रकम सहयोग गर्ने भनेर खुलाएका छैनन्। यद्यपि भारतीय मिडियाहरुले दुवैजनाले ३ करोड भारतीय रुपैयाँ सहयोग गरेको दाबी गरेका छन्।

 

 

 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell