PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ज्वरोका बिरामीलाई मलेरियाको पनि परीक्षण गराउनु : स्वास्थ्य सेवा विभाग



ज्वरोका बिरामीलाई मलेरियाको पनि परीक्षण गराउनु : स्वास्थ्य सेवा विभाग

काठमाडौं : स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै महानगरपालिकालाई पत्रचार गर्दै ज्वरोको बिरामीलाई मलेरियाको पनि परीक्षण गर्न आग्रह गरेको छ।

महाशाखाले कोरोनाको पहिचानका लागि सबै क्षेत्रमा व्यवस्थापन भइसकेको हुनाले कोभिड १९ का साथै मलेरियाको परीक्षणलाई पूर्ववत रुपमा सञ्चालन गर्न आग्रह गरेको हो।

महाशाखाको पत्रमा भनिएको छ, 'कोभिड १९ बाट प्रभावित क्षेत्रबाट फर्किएका ज्वरो आएका बिरामीहरुलाई कोभिडका साथै औलो रोग(मलेरिया)को परीक्षण पूर्ववत रुपमा सम्बन्धित निकायहरुबाट गर्न गराउन लगाई राष्ट्रिय औलो निवारण अभियानमा सहयोग पुयाउनु हुन अनुरोध छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell