PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रशासनको आदेश विपरीत सामूहिक रूपमा पोखरीमा छठ, अधिकांशले घरको छतमै मनाए



सुमित मिश्र

प्रशासनको आदेश विपरीत सामूहिक रूपमा पोखरीमा छठ, अधिकांशले  घरको छतमै मनाए

जनकपुरधाम : मिथिलाञ्चलमा धुमधामका साथ मनाइने चैती छठ पर्वमा रोक लगाइए पनि सामूहिक रूपमै पोखरीमा छठ पर्व मनाइएको छ।

विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ। सोही अनुरुप जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थल, तलाउ, नदि लगायतका खुल्ला स्थानमा छठपर्व गर्न रोक लगाएको थियो। तर, स्थानीयले त्यसको अवज्ञा गर्दै जनकपुरको लक्ष्मणसरमा सामूहिक रूपमै छठ पर्व मनाएका हुन्।

लक्षमणसरमा छठ मनाइए पनि जनकपुरधामसहित अधिकांश शहर, गाउँ, बजार र सडकहरु पूर्ण रुपमा सुनसान छन्। यस्तो अवस्थामा सरकारले सार्वजनिक स्थल तथा पोखरीमा भेला हुन र कुनैपनि कार्य नगर्न भनेपछि अधिकांश स्थानीय ब्रतालु भक्तजनले नयाँ विकल्प निकाल्दै घरमै छठ मनाइरहेका छन्। कोरानाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले चैती छठको पूजा सार्वजनिक पोखरीमा नमनाउन उर्दी जारी गरेपछि श्रद्धालु भक्तजनले घरमै पोखरीको स्वरुप बनाएर छठ मनाएको स्थानीय उमेश साहले बताए।

मिथिलाञ्चलमा अधिकांश घरधनीले आफ्नो घरको छतमाथि वा घरको आँगनमै पोखरी आकारको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ धार्मिक विधिपूर्वक चैती छठ पर्व मनाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell