PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वडाध्यक्षको पहलमा १ सय ५० मजदुरका परिवारलाई खाद्यान्न राहत



सुमित मिश्र

वडाध्यक्षको पहलमा १ सय ५० मजदुरका परिवारलाई खाद्यान्न राहत

जनकपुरधाम : कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।

जनकपुरधाममा विगत लामो समयको लकडाउनलाई मध्यनजर गर्दै वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको पहलमा गरिब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ। लकडाउनको असर गरिब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुमाथि बढी परेकोले उनीहरुलाई खाद्यान्नको अभाव भइरहेका बेला आफूहरुले सानो सहयोग गरेको जनकपुर अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष प्रमोद साहले बताए।

एसोसिएसनले अति विपन्न १ सय ५० घरपरिवारलाई चामल, दाल, आलु, प्याज, नुन र सोयाबिन सहितका खाद्यान्न सामग्री वितरण गरिएको उनले जानकारी दिए। उनले सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले राहत बाँडिएको बताए। हरेक परिवारलाई मास्क र साबुन समेत वितरण गरिएको छ। एसोसिएसनका अध्यक्ष साहले पहिलो चरणमा आफूहरुले राहत बाँडेपनि आवश्यकता भए अन्य वडासँग पनि समन्वय गरेर लकडाउनको अवधिभर राहत वितरण गर्न तयार रहेको बताए।

त्यस्तै वडाध्यक्ष साहले अति विपन्न १ सय ५० घरपरिवारलाई राहत सामग्रीको प्याकेज बनाएरै वितरण गरिएको जानकारी दिए। उनले संक्रमणकालिन यस घडीमा मेयर र उपमेयर मौन रहेकोले वडास्तरमै अन्य सहयोगी हातहरुको सहारा लिएर आफूहरुले राहत बाँड्न शुरु गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell