PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

धारचुलामा रोकिएकालाई चाँडो स्वदेश भित्र्याउन मागसहित बडुको प्रस्ताव : जिल्लाको ६ करोड बजेट कोरोना कोषमा जम्मा गरौं



धारचुलामा रोकिएकालाई चाँडो स्वदेश भित्र्याउन मागसहित बडुको प्रस्ताव : जिल्लाको ६ करोड बजेट कोरोना कोषमा जम्मा गरौं

काठमाडौं : नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला दार्चुलाको सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याएर अनिवार्य रुपमा स्थानीय तहको निगरानी क्वारेन्टाइनमा राख्न भएको सहमतिलाई प्रधानमन्त्री केपी ओलीको आदेशमा रोकिएको आरोप लगाएका छन्।

उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर दार्चुला प्रशासनसँग सीमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा पठाउने व्यवस्था गर्न माग गरेका छन्।

कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बडूले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रकम छ करोड रुपैयाँ अहिलेको परिस्थितिमा नागरिकको जीवन रक्षाको प्रयोजनका लागि खर्च गर्दा सदूपयोग हुने भन्दै आजैका मितिदेखि खर्च हुन बाँकी रकम कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्न पनि प्रस्ताव गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell