PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पौडेलको आक्रोश : सेनालाई ठेक्का दिएपछि छानबिन हुँदैन भन्ने सरकारको मनोवृत्ति बेइमानीपूर्ण



पौडेलको आक्रोश : सेनालाई ठेक्का दिएपछि छानबिन हुँदैन भन्ने सरकारको मनोवृत्ति बेइमानीपूर्ण
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन्। नेता पौडेलले शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरि कारवाहीको माग गरेका हुनु।

नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए। उनले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जीटुजीमार्फत खरिद संभव नहुने बताउने तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम जनतामा दुविधा बनाइदिएको बताए। उनले यो सबै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंकासमेत व्यक्त गरे।

वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सबै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्र प्रति किन अविश्वास सिर्जना गरिदै छ भन्ने प्रश्न समेत गरे। उनले भने, 'सबै सेनालाई दिनुपर्ने रे। ठेक्का टेन्डर पनि ठेकेदारलाई कति अविश्वास भएको। सेनालाई जिम्मा दिएपछि आफूलाई सुरक्षित ठान्ने?'

सेनालाई ठेक्कापट्टा दिनु बेइमानीपूर्ण मनोवृत्ति भएको पौडेलको आरोप रह्यो। 'सेनालाई दिएपछि छानबिन पनि हुदैन अख्तियारले पनि हेर्दैन भन्ने बेइमानीपूर्ण मनोवृत्ति छ। यो विश्वासको संकट पैदा भएको छ,' पौडेलले भने।

संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनी प्रश्न गरे। भने, 'राज्यको भूमिका एकदमै महत्वपूर्ण छ। हाम्रो राज्य जति सक्रिय हुनुपर्थ्यो। त्यो पर्याप्त भएन। कोरोना रोकथामका लागि भनेर कच्चा चीजहरु आएको छ। मुल्य हेराफेरी भएको छ। यस्तो गैरजिम्मेवारी काम भएन।'

पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउँदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell