PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

जनकपुरमा पनि दीप प्रज्वलन, कोरोना भगाउन भन्दै पड्काइयो पट्का!



सुमित मिश्र

जनकपुरमा पनि दीप प्रज्वलन, कोरोना भगाउन भन्दै पड्काइयो पट्का!

जनकपुरधाम : विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध जनकपुरमा 'गो कोरोना गो' भन्दै दीप प्रज्वलन गरिएको छ।

अध्यात्मिक भन्दै दीप प्रज्वलन र थाली पिटेपछि कोरोना भाग्ने भन्ने विश्वासका साथ दिपावली मनाइएको स्थानीय दिलिप मिश्रले बताए। आइतवार बेलुकी करिब ९ बजेदेखि जनकपुरभरि नै दीप प्रज्वलन सहित थाली पिट्दै पटकासमेत पड्काइएयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मैनबत्तीसहितको दिपावली र थाली पिटन आग्रह गरेपछि प्रदेश नं. २ को अस्थयायी राजधानी जनकपुरमा समेत दिपावली मनाइएको स्थानीय अमित पाठकले बताए।

बेलुकी ९ बजेदेखि जनकपुरमा युवाहरुले चर्को आवाजका पटाखा पडकाएका छन्। दिपावलीसम्म ठीक रहेको भन्दै जथाभावी पटका पड्काएको भन्दै केहीले समाजिक सञ्जालमा विरोध पनि जनाएका छन्।  केहीले भने  भारतीय जनता पार्टी (भाजपा)को स्थापना दिवसको पूर्व सन्ध्या कोरोनाको बाहानामा मोदीले पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गराउन लगाएको आरोपसमेत लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell