PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई नेपाली कांग्रेसको ४० लाख सहयोग



सुमित मिश्र

प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई नेपाली कांग्रेसको ४० लाख सहयोग

जनकपुरधाम : प्रदेश नम्बर २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

कांग्रेसका प्रदेश नम्बर २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणको क्रममा कांग्रेस प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव, कांग्रेस बाराका सभापति जयचन्द्र चौरसीया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell