PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई आइसियुमा सारियो



कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई आइसियुमा सारियो
PHOTO : REUTERS

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसियुमा सारिएको बीबीसीले उल्लेख गरेको छ।

भाइरसको लक्षणहरु बढ्दै गएसँगै उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। बोरिसले १० दिनअघि ट्वीटरमार्फत आफूमा भाइरसको संक्रमण देखिएको बताएका थिए। त्यसयता उनी घरबाटै सरकारी काम गरिरहेका थिए।  

प्रधानमन्त्री कार्यालयद्वारा जारी एक विज्ञप्तीमा भनिएको छ, ‘बोरिस सेन्ट थोमस अस्पतालमा चिकित्सकहरुको निगरानीमा रहेका छन्। सोमबारदेखि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा केही समस्या देखिएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम उनलाई आइसियुमा लगिएको हो।’

बोरिसले आफ्नो अनुपस्थितिमा विदेशमन्त्री डोमिनिक रबलाई सरकारको काम कारवाहीको नेतृत्व गर्ने आग्रह गरेका छन्।

आइसियुमा लगिएपनि बोरिसको अवस्था स्थिर रहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell