PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बलिउड अभिनेत्री जोया मोरानी र उनकी बहिनीमा देखियो कोरोना संक्रमण



बलिउड अभिनेत्री जोया मोरानी र उनकी बहिनीमा देखियो कोरोना संक्रमण
PHOTO : BOLLYWOOD HUNGAMA

भारतीय अभिनेत्री जोया मोरानी कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। द इन्डियन एक्सप्रेसका अनुसार बलिउड फिल्म निर्माता करिम मोरानीले आफ्नी छोरी सहजा मोरानीमा भाइरस संक्रमण देखिएको बताएको केही घण्टा नबित्दै उनको अर्की छोरी जोयामा पनि कोभिड १९ को संक्रमण देखिएको हो।

परिवारको दुईजनामा भाइरसको संक्रमण देखिएपछि मोरानी परिवारका सबै सदस्यले कोरोनाको परीक्षण गराउने तयारी गरिरहेका छन्।  सहजामा यसअघि भाइरसको कुनैपनि लक्षण नदेखिएको तर जोयामा भने केही लक्षण देखिएको मोरानी परिवारले जनाएको छ।

जोया हाल कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उपचाररत् छिन् भने सहजा नानावती अस्पतालमा छिन्। परिवारका सबै सदस्यहरु भने हाल क्वारेन्टाइमा रहेका छन्।  

जोयाले अस्पतालमा आफूहरुको राम्रो हेरचाह भइरहेको भन्दै आफू र बहिनी चाँडै संक्रमण हुनेमा विश्वास व्यक्त गरेकी छिन्।

जोयाले अलवेज कभी कभी, मस्तान,भाग जोनी लगायत केही वेब सिरिजमा अभिनय गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell