PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एनएमबी बैंकले प्रदेश २ सरकारलाई दियो १०० थान पिपिई



सुमित मिश्र

एनएमबी बैंकले प्रदेश २ सरकारलाई दियो १०० थान पिपिई

जनकपुरधाम : कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश नम्बर २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ। कोरोना रोकथामको लागि सबै भन्दा बढी आवश्यक रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन्।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा राम केवल साहसहितको उपस्थिति रहेको थियो। एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर सहितको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell