PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीलाई बेवास्ता गरेको आरोप, ‘चिकित्सकले उपचार गर्न मानेनन्, प्रहरीले दुर्व्यवहार गरे’



सुमित मिश्र

प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीलाई बेवास्ता गरेको आरोप, ‘चिकित्सकले उपचार गर्न मानेनन्, प्रहरीले दुर्व्यवहार गरे’

जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका २ का नीलकमल ठाकुर श्रीमतीलाई ज्वरो आएपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। त्यहाँ श्रीमतीको उपचार त परको कुरा ड्युटीमा रहेका एक प्रहरी जवानको दुर्व्यवहारको सामना समेत गर्नुपर्‍यो।

ठाकुर दम्पति उपचारका लागि अस्पतालको इमरजेन्सी युनिटमा जानै लग्दा गेटमै रहेका प्रहरी जवान आलोककुमार सिंहले रोके।

ठाकुरले भने, ‘ती प्रहरी जवानले हातपातसम्म गर्न जाइलागे।’

प्रहरी जवान सिंहले अभद्र व्यवहार गरेर लात्तीले हानेको ठाकुरको आरोप छ। आफ्नी श्रीमतीलाई ज्वरो आएकाले उपचारका लागि अस्पतालमा जाँदा त्यहाँका कर्मचारीले कुनै वास्ता नगरेको कुरा प्रहरीलाई सुनाउन गएपछि उनले उल्टै आफूलाई लात्तीले हिर्काएको ठाकुरको गुनासो छ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रहरीले उल्टै आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई कारबाही अघि बढाउन पीडित ठाकुरले माग गरेका छन्।

‘मंगलवार राति अचानक उच्च ज्वरो आएपछि मैले पत्नीलाई लिएर बुधवार बिहान अस्पतालको गेटमा मात्रै के पुगेको थिएँ, गेटबाटै एकजना कर्मचारीले यहाँबाट चुप लागेर जानुस् भन्दै हप्काए’, ठाकुरले भने, ‘त्यसपछि पत्नीलाई लिएर डाक्टर विजय कुमार सिंहको हस्पिटलमा गयौं तर त्यहाँ पनि उपचार हुन्न भनियो। चिकित्सकहरु हुनुहुन्न उपचार हुँदैन भन्दै त्यहाँबाट पनि हामीलाई फिर्ता पठाइयो।’

डाक्टर विजय कुमार सिंह प्रदेश २ मा कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले नीति निर्माणका लागि गठन गरेको विज्ञ समूहका सदस्य समेत हुन्। पीडित ठाकुरले अन्त्यमा कुनै उपाय नलागेपछि अस्पताल नजिकै रहेको एकजना औषधि व्यवसायीसँग औषधि खरिद गरी अहिले आफ्नी बिरामी पत्नीलाई घरमै ल्याएर राखेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell