PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

 तस्विरमा रातो मछिन्द्रनाथको महास्नान, रथयात्रा भने अनिश्चित

तस्विरमा रातो मछिन्द्रनाथको महास्नान, रथयात्रा भने अनिश्चित


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को न्हंव (महास्नान) सम्पन्न भएको छ।  त बहा: स्थित मन्दिरबाट रातो मछिन्द्रनाथलाई खटमा राखेर लगनखेल पुर्‍याएर महास्नान गरिएको हो। महास्नानको बेलामा पाटनकी जीवित देवी कुमारी समेत उपस्थित थिइन्।  

कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै सरकारले लकडाउन गर्दा धेरै कम संख्यामा मानिसहरुको उपस्थितिबीच महास्नान गरिएको थियो।

महास्नानका क्रममा पानेजु, गुठी संस्थानका कर्मचारी लगायत केही व्यक्तिमात्रै लगनखेल पुगेका थिए। सर्वसाधरणलाई महास्नान स्थलमा प्रवेश दिइएको थिएन।

भाइरसको संक्रमणको त्रास र लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ यात्रा हुने निश्चित भएको छैन। त्यसैले करुणामयको रथ निर्माण कार्य समेत सुरु भएको छैन। सरकारले लकडाउन हटाए वा अवधि थप गरेको अवस्थामा बैशाख ३ गते पछि मात्रै रथ निर्माण र रथ यात्रा बारेमा निर्णय हुने भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell