PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्णय विवादमा आएपछि प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज गायब



निर्णय विवादमा आएपछि प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज गायब

काठमाडौं : लकडाउनका कारण काठमाडौंमा फसेका सर्वसाधरणलाई विभिन्न ठाउँसम्म पुर्‍याउन बाटो खोल्ने निर्णय सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक पेज गायब बनाइएको छ।

लकडाउनपछि खोलेको पाइएको उक्त पेजमा काठमाडौं उपत्यका बाहिरिन खोजेकालाई भोलि र पर्सि बाहिरिने मार्ग खोल्ने निर्णय गरिएको विषय सार्वजनिक गरिएको थियो।

उक्त पेजमा भनिएको थियो, 'लकडाउनका कारण काठमाडै उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।'

फेसबुकले भेरिफाइड गरेको उक्त पेजमा राखेको सूचनालाई आधार मानेर कतिपय सञ्चारमाध्यमले समाचार तयार पारे। मिडियामा  सेयर गरे। विरोध बढ्न थालेपछि कोरोना रोकथाम उच्च स्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउनमा त्यस्तो निर्णय हुनै नसक्ने दाबीसहित आफ्नो फेसबुक पेजमा स्टाटस् राखे।

पोखरलेको स्टाटस आउनसाथ उक्त फेसबुक पेजमा अपडेट सहितको सूचना आयो

'स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएकाले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ।'

उक्त स्टाटसमा पनि विरोध आउन थालेपछि केही बेरमै स्टाटस डिलेट गरिएको थियो। सामाजिक सञ्जालमा सरकारको निर्णय उल्टिएकोबारेमा व्यापक विरोध हुन थालेपछि केही बेरमै उक्त पेज गायब बनाइएको छ। पेज गायब भएसँगै यस कार्यको पनि विरोध हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell