PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विपदमा सघाउन तामाङ सोसाइटी नर्थ अमेरिकाले बनायो 'केन्द्रीय कोरोना रेस्क्यू टिम'



विपदमा सघाउन तामाङ सोसाइटी नर्थ अमेरिकाले बनायो 'केन्द्रीय कोरोना रेस्क्यू टिम'

काठमाडौं : तामाङ सोसाइटी अफ नर्थ अमेरिका(टिएसएनए)ले हालैको भिडियो मिटिङबाट 'केन्द्रीय कोरोना रेस्क्य समीति' गठन गरेको छ।

कोभिड - १९ को नयाँ इपिसेन्टर अमेरिकाको न्युयोर्क बनेको र अमेरिकाले संकटकाल घोषणा गरेको अवस्थामा आपद्मा समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ टिएसएनएले रेस्क्यु समिति गठन गरेको जनाएको छ।

समितिले विज्ञप्तिमार्फत समुदायलाई रोगबाट सुरक्षित राख्न र अति आवश्यक सहयोगहरु पूर्ति गर्न विशेष भूमिकामा टिम खटिने उल्लेख गरेको छ।

'विश्वभरी महामारी रोगको रुपमा फैलिएको कोरोना भाईरस कोभिड - १९ को संक्रमितने हामी सबै डरलाग्दोर भयावह स्थितिमा छौं तपाई हामीहरुको कर्मथलो राज्य अमेरिकासमेत यो रोगको उच्च संक्रमित राज्यमा परेको छ,' विज्ञप्तिमा भनिएको छ, 'हामीलाई विश्वास छ यस्तो भयावहको स्थिति लामो समय रहदैन तथापी यहाँहरुको मनोबल संगसगै यस्ता समस्याहरुसँग लड्न र यहाँहरुलाई साथ दिन हामी संस्था जहिल्यै यहाहरुकै साथमा रहेको जानकारी गराउँदछौ।'

समुदायमा कोही पनि कतै संक्रमित भएमा स्थानीय संस्थाका कार्यसमिति वा रेस्क्यु समितिमा सम्पर्क राख्न सोसाइटीले आग्रह गरेको छ। सोसाइटीका अध्यक्ष लक्यान लामाको संयोजकत्वमा १६ सदस्यीय रेस्क्यू टिम गठन गरिएको संस्थाका मिडिया संयोजक ङिमा पाख्रिनले बताए। संस्थाले यसअघि कोरोनाको असर र यसबाट बच्न सकिने विविध विषयमा सामाजिक सञ्जालमा समुदायलाई सचेत पार्दै आएको भने विज्ञहरुसँग छलफल चलाउन थालेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell