PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लकडाउनका बीच प्रदेश नम्बर २ मा सार्वजनिक बिदा



सुमित मिश्र

लकडाउनका बीच प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले मंगलवार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश सरकारले जुड शितल पर्वको अवसरमा प्रदेश भरीमा सार्वजनिक बिदा दिएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गर्दै नयाँ वर्षको शुभकामसहित मंगलवार सार्वजनिक बिदा दिइएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला नोभेल कोरोना भाइरसको ठूलो जोखिममा छौँ। प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाबिला गर्न लागि परेको छ। यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावहरुलाई पालना गर्दै यो पर्व सामाजिक दुरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसँग आग्रह गर्दछु। साथै आज २०७७ वैशाख २ गते जुड शितल पर्वको उपलक्ष्यमा प्रदेश सरकारद्वारा सार्जजनिक बिदा गरिएको सबैमा जानकारी गराइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell