PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लकडाउनसँगै रोकियो रक्तदान, ब्लड बैंकमा रगतको अभाव



सुमित मिश्र

लकडाउनसँगै रोकियो रक्तदान, ब्लड बैंकमा रगतको अभाव

जनकपुरधाम : विश्ववभर फैलिरहेको काेरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ।

लकडाउन गरेपछि रक्तदान रोकिएको र ब्लड बैंकहरुमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी धनुषाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहले तत्काल रक्तदानका लागि अभियान सञ्चालन नगरिए यहाँ रगतको चरम अभाव हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।

भने,'सबैजना अहिले लकडाउनका कारण घरभित्र छन्,रक्तदानका कार्यक्रमहरु पनि कत्तै भएको छैन्,यस्तो अवस्थामा रगतको निरन्तर व्यवस्थापन गर्नु हाम्रो लागि चुनौतीपूर्ण बिषय बनेको छ ।'

सरकारले अस्पतालहरुको ओपिडी सेवा बन्द गरेपछि सुत्केरी र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च देखिएको छ। यस्तै नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामीहरु पनि बढि समस्यामा परेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषाबाट धनुषा,महोत्तरी,सर्लाही,सिन्धुली,सिरहा लगायतका जिल्लाहरुमा रहेको अस्पताल,स्वास्थ्य संस्था तथा नर्सिङ्ग होमहरुमा रगतको आपूर्ति हुँदै आएको छ। यहाँबाट भारतको बिहारस्थित मधुबनी र सितामढीका अस्पतालहरुमा समेत रगतको आपूर्ति गरिन्छ।

धनुषास्थित ब्लड बैंकमा अहिले सबै ब्लड ग्रुप मिलाएर १४ पिन्ट मात्र रगत मौज्दातमा रहेको रेडक्रस सोसाइटीका अध्यक्ष सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell