PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

अफ्रिकामा कोरोनाको कहर : अहिले नै सतर्क नभए ६ महिना भित्र एक करोड मानिस संक्रमित हुनसक्ने अनुमान



अफ्रिकामा कोरोनाको कहर : अहिले नै सतर्क नभए ६ महिना भित्र एक करोड मानिस संक्रमित हुनसक्ने अनुमान
AFP

अफ्रिकामा कोराना भाइरसको पहिलो संक्रमित भेटिएको दुई महिना भएको छ। यसबीच अफ्रिकी राष्ट्रहरुमा भाइरसको प्रभाव बढ्दै गएको छ।

अफ्रिकी महादेशमा १७ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिँदा करिब ९ सय जनाको मृत्यु भइसकेको छ। हाल इजिप्ट र दक्षिण अफ्रिकामा भाइरसको सबैभन्दा बढी केसहरु रहेका छन्। दुवै राष्ट्रमा २ हजार ५ सय भन्दा बढी मानिसमा भाइरसको संक्रमण देखिएको छ।

मोरोक्को, अलजेरिया, क्यामरुन,नाइजर,ट्युनिसिया, आइभोरि कोस्ट,लगायतका राष्ट्रहरुमा समेत भाइरसको संक्रमण बढ्दै गएको छ। अलजेरियामा सबैभन्दा बढी ३ सय ४० भन्दा बढीको मृत्यु हुँदा इजिप्ट र मोरोक्कोमा १ सय २० भन्दा बढीको मृत्यु भएको छ।

भाइरसको संक्रमण बढ्दै गएसँगै यसको नियन्त्रणमा ध्यान नदिए अफ्रिकाको अवस्था युरोप र अमेरिकाभन्दा बिग्रन सक्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार अधिकांश अफ्रिकी राष्ट्रमा १० लाख मानिसका लागि जम्मा ५ वटा आइसियु कक्ष रहेको छ। १० लाख मानिस भएको स्थानमा ४ हजार मात्रै बेड रहेका अस्पतालहरुमा रहेका छन्।

यस्तो अवस्थामा भाइरसको संक्रमण बढ्दै गए त्यसले भयावह अवस्था सिर्जना गर्न सक्ने अधिकारीहरुले बताएका छन्।

यद्यपि, संयुक्त राष्ट्रसंघले अफ्रिकामा महामारी फैलिनबाट रोक्ने अझै समय रहेको बताएको छ। अफ्रिकाले कयौं भाइरसहरुको सामाना गरेको अवस्थामा त्यसबाट सिकेको पाठ नोबेल कोरोना भाइरससँग लड्न लगाउन सकिने बताइएको छ।

भाइरसको नियन्त्रण गर्ने काम नभए हाल हजारमा रहेको संख्या आउने ३ देखि ६ महिना भित्र १ करोड पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। त्यसैले अफ्रिकी राष्ट्रहरुले अहिले नै भाइरस विरुद्ध सतर्क रहेर कदमहरु चाल्नुपर्ने छ। त्यसका लागि सरकार र नागरिकहरु मिलेर कोभिड १९ विरुद्ध लड्नु बाहेकको विकल्प नरहेको बताइएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell