PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्रीको निर्देशन : लामो दुरीमा हिँडेर जान नदिनु



प्रधानमन्त्रीको निर्देशन : लामो दुरीमा हिँडेर जान नदिनु
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सरकारले लामो दूरीमा हिँडेर जान नदिने र समस्यामा परेकालाई खानपानको बन्दोवस्त गर्ने भएको छ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको शुक्रवार वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले हिँडेकाहरु जो जहाँ छ उसलाई त्यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउने बताएका छन्।

लकडाउनका कारण कारण मानिसहरु शहरदेखि गाउँसम्म पुग्न हिँडिरहेका छन्।

नागरिकहरु भोकभोकै हिँडेरै गाउँतर्फ गइरहे पनि सरकारले बेवास्ता गरेको भन्दै केही दिनयता चर्को आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell