PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

२६ भारतीय नौसैनिकमा देखियो कोरोना संक्रमण



२६ भारतीय नौसैनिकमा देखियो कोरोना संक्रमण
PHOTO : PTI/NEWSDIG.IN

भारतीय नौसेनामा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ जना नौसैनिकहरुम कोरोनाको संक्रमण देखिएको हो। आइएनएस आंग्रमा कार्यरत उनीहरु सबैलाई मुम्बईस्थित नौसेना अस्पतालमा भर्ना गरिएको छ। संक्रमण देखिएका सबैजनामा भाइरसको कुनै लक्षण नदेखिएको बताइएको छ।  

अप्रिल ७ मा एक पूर्व सैनिकमा भाइरसको संक्रमण भेटिएको थियो। सो सैनिकसँग नौसेनाको एक सैनिक सम्पर्कमा रहेका थिए। पछि ट्रेसिङ गर्दै बांकी सैनिकहरुमा परीक्षण गर्दा २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यी सबै नौसैनिकहरु उसको सम्पर्कमा रहेको बताएको छ। यी सबै सैनिकहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको ट्रेसिङको काम सुरु भइसकेको छ।  

सैनिकहरुमा संक्रमण भेटिएसँगै आइएनएस आंग्रे सील गरिएको छ। त्यहाँ बस्दै आएका सबैलाई क्वारेन्टाइनमा बस्न भनिएको छ।

भारतमा भाइरसको संक्रमणबाट १४ हजारभन्दा बढी संक्रमित हुँदा ४ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell