PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

पैसा छरेर फरार भएकी एक महिलाको र्‍यापिड टेस्टमा देखियो पोजेटिभ



सुमित मिश्र

पैसा छरेर फरार भएकी एक महिलाको र्‍यापिड टेस्टमा देखियो पोजेटिभ

जनकपुरधाम : जनकपुरधामको महावीरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलामध्ये एक जनाको र्‍यापिट टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।

प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ।

पक्राउपछि दुबै महिलालाई परीक्षणका लागि जनकपुर अस्पताल लगिएको थियो।

दुबै जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ।

शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा १० को केही नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell