PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

मुख्यभूमि चीनमा १६ जना नयाँ संक्रमित, अब वुहान 'लो रिस्क एरिया'



मुख्यभूमि चीनमा १६ जना नयाँ संक्रमित, अब वुहान 'लो रिस्क एरिया'
कोभिड-१९ को 'आउटब्रेक इपिसेन्टर' वुहानको एक सुपरमार्केटमा सिपिङ गर्न निस्किएको जोडी। Photo: China Daily

बेइजिङ : मुख्य भूमि चीनमा शनिवार कोभिड-१९ का १६ संक्रमित फेला परेका छन्। जसमध्ये ९ इम्पोर्टेड केस रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतवार जनाएको छ।

बाँकी सात केस स्थानीय रुपमा फैलिएको चाइना डेलीले जनाएको छ। आयोगका अनुसार ६ ना संक्रमण हइलोङजियाङमा र एक केस क्वाङदोङ प्रान्तमा पुष्टि भएको हो।

त्यस्तै चीनको स्वशासित क्षेत्र भित्री मंगोलियामा दुई संक्कासपद केस फेला परेका छन्। जसमध्ये एक इम्पोर्टेड र एक स्थानीय रहेको बताइएको छ।

शनिवार नै मुख्यभूमि चीनमा सात सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै अझै आठ सय ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये ४७ जनाको अवस्था गम्भिर रहेको छ। हालसम्म इम्पोर्टेड केसबाट कसैको पनि मृत्यु नभएको रिपोर्टमा उल्लेख छ।

यता कोभिड-१९ को आउटब्रेक इपिसेन्टर वुहानलाई 'लो रिस्क एरिया'का रुपमा यहाँका अधिकारीहरुले वर्गिकरण गरेका छन्। विगत १४ दिन देखि कुनै पनि संक्रमण पुष्टि नभएसँगै वुहानलाई 'लो रिस्क एरिया'मा राखिएको हो

हुवेइ प्रान्तका ७६ शहरलाई शुक्रवार सम्म 'लो रिस्क एरिया'मा राखिएको छ। चीनको स्टेट काउन्सिलले पछिल्लो पटक जारी गरेको गाइडलाइनमा कम्तिमा १४ दिन सम्म कोभिड-१९ को संक्रमण पुष्टि नभएका शहर तथा जिल्लाहरुलाई 'लो रिस्क एरिया'मा राख्ने उल्लेख छ।

त्यस्तै कम्तिमा ५० सम्म केस भएका र संक्रमणको आउटब्रेक सम्भावना नभएका क्षेत्रलाई मिडियम रिस्क र ५० भन्दा बढी संक्रमण र आउटब्रेकको सम्भावना भएका क्षेत्रलाई हाइ रिस्क एरियाको रुपमा वर्गिकरण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell