PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

स्पेनमा लकडाउनको समयमा बालबालिकालाई केही समय बाहिर निस्कन दिनेबारे विचार हुँदै



स्पेनमा लकडाउनको समयमा बालबालिकालाई केही समय बाहिर निस्कन दिनेबारे विचार हुँदै
REUTERS

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले अप्रिल २७ पछि लकडाउनलाई केही सहज बनाउने तयारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै स्पेन मार्चदेखि नै लकडाउनमा छ। यसबाट सबैभन्दा धेरै त्यहाँका बालबालिका प्रभावित भएका छन्। मार्च १४ देखि नै बालाबालिकाहरु घर भित्र सिमित भएका छन्।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले मे ९ सम्म लकडाउन लागू गर्न संसदसम्म प्रस्ताव गर्ने बताएका छन्। यद्यपि यो समयमा बालबालिकालाई केही समय बाहिर निस्कन दिने बारेमा छलफल भइरहेको उनले बताए।

यसअघि बार्सिलोनाकी मेयर अदा कोलउले बालबालिकालाई केही समय बाहिर निस्कन दिन केन्द्र सरकारसँग आग्रह गरेकी थिइन्।

स्पेनमा  २ लाखभन्दा बढीमा भाइरसबाट संक्रमित हुँदा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अवस्था पहिलाको भन्दा सुधार हुँदै गएपनि अझै पर्याप्त प्रयासहरु गर्न बांकी रहेकोले लकडाउनको अवधि बढ्ने सान्चेजले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell