PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सधैं ‘लकडाउन’मा बस्न बाध्य बनाइएका यी अबोध प्राणीहरू!

सधैं ‘लकडाउन’मा बस्न बाध्य बनाइएका यी अबोध प्राणीहरू!


-राजु आचार्य

४ हप्तादेखि नेपालमा ‘लकडाउन’ चलिरहेको छ। सकस बढ्दै छ। अझै कति ‘लकडाउन’मा बस्नु पर्ने हो थाहा छैन। लकडाउन खुले पछि पनि जनजीवन सहज हुने छैन। समय काट्न गाह्रो भएको कुराहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। मानिसलाई गाह्रो भए पनि प्रकृतिले बल्ल सास फेर्न थालेको बताइएको छ। प्रकृति विनाशका कामहरू रोकिएकोले वातावरण स्वच्छ बन्दै गएको कुरा प्रकाशित भएका छन्।

घरको चार घेरामा लामो समय बस्दा मानिसको तनाव बढ्दै गएको छ। आफ्नो दैनिकीलाई थाती राखेर यसरी घर भित्र सीमित हुनुलाई कसैले पनि रुचाएका छैनन्। वन्यजन्तुलाई घर वा चिडियाखाना लामो समय राख्दा तिनलाई कति गाह्रो भयो होला भनेर मानिसले बल्ल अनुभव गर्न थालेको छ।

संसारभरि १० हजार भन्दा बढी चिडियाखानामा  करिब १० लाख वन्यजन्तु रहेको अनुमान छ। अवैध रूपमा  घरभित्र पालेको वा व्यक्तिहरूले चलाएका साना चिडियाखानाको कुरा गर्ने हो भने सोही हाराहारीमा थप वन्यजन्तु रहेका छन्। वार्षिक ६० करोड मानिसहरूले रमाइलो, अनुसन्धान, संरक्षण र  शिक्षा प्रयोजनको लागि चिडियाखानाको अवलोकन गर्ने गर्छन्।नेपालमा मात्रै पनि गएको दुई दशकमा १५ भन्दा बढी अवैध चिडियाखानाहरू  खुलेका छन्।

यसरी हाम्रो कारणले गर्दा वन्यजन्तुले कतै दुख त पाएका छैनन्। लकडाउन खुकुलो भएपछि वा हटेपछि यिनको अधिकारको बारेमा थप चर्चा हुने नै छ। कस्तालाई चिडियाखानामा कसरी राख्ने, वा कस्तालाई छोड्ने वा राखे पनि कति क्षेत्रफलमा राख्ने भन्ने विषयले स्थान पाउने नै छ। हाम्रा कारणले लकडाउनमा रहेका वन्यजन्तुहरूलाई  तस्वीरमा हेरौँ।



ट्रेन्डिङ पोस्ट

Ncell