PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

धनुषाका मस्जिदहरुमा प्रशासनले गर्‍यो अनुगमन, रमजानमा नमाज पढ्न रोकतोक नगर्न धर्मगुरुको माग



सुमित मिश्र

धनुषाका मस्जिदहरुमा प्रशासनले गर्‍यो अनुगमन, रमजानमा नमाज पढ्न रोकतोक नगर्न धर्मगुरुको माग

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रवार धनुषामा रहेका विभिन्न मस्जिद तथा मदरसाहरुमा अनुगमन गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको नेतृत्वमा धनुषामा रहेको विभिन्न ११ वटा मस्जिदहरुमा अनुगमन गरिएको हो।

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला प्रशासनले शुक्रवार विभिन्न मस्जिद र मदरसाहरुमा अनुगमन गरेको हो। अनुगमनको क्रममा प्रजिअ निरौलाले यो समस्या सधैँका लागि नभएकोले यस्तो समयमा सबैले लकडाउन पूर्ण रुपमा लागू गराउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘यो एक ठाउँको समस्या होइन यस्तो समयमा आफू बचे मात्रै समाजलाई जोगाउन सकिन्छ, त्यसैले अहिलेको समयमा भिडभाड नगरी सुरक्षित साथ बस्नुपर्ने आवश्यकता रहेको छ।’

अनुगमनको क्रममा मुस्लिम धर्मगुरुहरुले भोलिदेखि मुस्लिम धर्मालम्बीहरुको पर्व रमजान शुरु हुन गइरहेकोले नमाज पढ्नका लागि रोकतोक हुनु नपर्ने माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell