PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लकडाउनको प्रभाव जानकी नवमीमा : मनाइएन उत्सव, गरिएन साँस्कृतिक कार्यक्रम



सुमित मिश्र

लकडाउनको प्रभाव जानकी नवमीमा : मनाइएन उत्सव, गरिएन साँस्कृतिक कार्यक्रम

जनकपुरधाम : प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ मनाइँदै आएको ९ दिने जानकी नवमी आजबाट विधिवत् रुपमा शुरु भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिनबाट जानकी जन्मोत्सव शुरु हुन्छ। जन्मोत्सवको सुरुवाती दिनदेखि नै जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो। तर, यस वर्ष लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा कुनै प्रकारको उत्सव र साँस्कृतिक कार्यक्रम आयोजना नगरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले सरकारले लगाएको लकडाउनको पालन गर्नु अहिलेको मुल आवश्यकता रहेको महन्थ दासले बताए।

यस वर्ष मन्दिरभित्रै जानकी जन्मोत्सवको अवसरमा ९ दिनसम्म पूजा अराधना गरिने महन्थ दासको भनाइ छ। उनका अनुसार आज घटस्थापना गरी जानकी नवमीको विधिवत् सुरुवात भइसकेको र वैशाख २० गते मन्दिरभित्रै जानकी जन्मोत्सव मनाइने छ।

महन्थ दासले कोरोना फैलिएकोले आजबाट जानकी जन्मोत्सवका दिनसम्म घर घरमै विशेष आरती गर्न तथा दिपोत्सव गर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell