PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्यटन बोर्ड अगाडि चिनियाँ पर्यटकको प्रदर्शन, स्वदेश फर्किने व्यवस्था गर्न माग



पर्यटन बोर्ड अगाडि चिनियाँ पर्यटकको प्रदर्शन, स्वदेश फर्किने व्यवस्था गर्न माग

काठमाडौं: लकडाउनका कारण नेपालमा अलपत्र परेका चिनियाँ पर्यटकहरुले स्वदेश फर्किने व्यवस्थाको माग गरेका छन्।

उनीहरुले आइतवार पर्यटन बोर्डमा पुगेर यस्तो माग राखेका हुन्। २५/३० जनाको संख्यामा रहेका पर्यटक ‘हामी घर जान चाहन्छौं’ लेखिएका प्लेकार्डसहित पर्यटन बोर्ड परिसरमा पुगेका थिए।

उनीहरुले चीन जानका लागि कुनै पनि उडान नभएको र आफूहरुलाई नेपाल छाड्न कुनै विकल्प नभएकोले अलपत्र परेको बताएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन्।

उनीहरुले कोभिड–१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चीन सरकारले नेपालमा कुनै पनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्दै बोर्ड पुगेका हुन्।

चिनियाँ दूतावासले नेपालमा रहेका नागरिकहरुलाई सेल्फ आइसोलेसनमा बस्न अनुरोध गर्दै आएको छ।

उनीहरुले नेपालका विभिन्न ठाउँमा चार सयभन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन्।

त्यसमध्ये केही गर्भवती महिला समेत रहेको उनीहरुले बताए। केही विद्यार्थी समेत रहेकाले कलेज छुटेको समेत उनीहरुको भनाई छ। उनीहरुले दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए आफूहरुलाई चीन लैजान तयार रहे पनि नेपाल सरकारले अनुमति नदिएको बताएका छन्।

ती उडान सञ्चालन हुने व्यवस्था मिलाइदिन उनीहरुले माग गरेका छन्। नेपालमा छैटौं हप्ता पनि लकडाउन हुने सम्भावना रहेकाले उनीहरुले आफूहरु थप समस्यामा पर्न लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell