PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

विराटनगरबाट आएका काठमाडौँवासी नागढुंगामै रोकिए, म्यासेज गरिगरी बोलाउने अहिले रोक्ने?

विराटनगरबाट आएका काठमाडौँवासी नागढुंगामै रोकिए, म्यासेज गरिगरी बोलाउने अहिले रोक्ने?


काठमाडौँ: विराटनगरबाट काठमाडौँका लागि आएका सात बस अहिले नागढुंगामा रोकिएका छन्।

सात बसमा १६० जना काठमाडौँका नागरिक बोकेर आएका बसलाई प्रहरीले नागढुंगामै रोकेको हो। विराटनगरमा अलपत्र परेका काठमाडौँका बासिन्दालाई विराटनगर महानगरपालिकाले सातवटा बस रिजर्भ गरेर काठमाडौँ पठाएको थियो।

तर, प्रहरीले उनीहरुलाई काठमाडौँ प्रवेशमा रोक लगाएको हो। अहिले प्रहरी र यात्रीबीच विवाद चलिरहेको छ। 'हामीलाई म्यासेज गरिगरी बोलाउने अहिले भित्र प्रवेश गर्न नदिने?' यात्रुहरुले प्रहरीसँग प्रश्न गरिरहेका छन्।

स्थानीय तहले आफ्नै ढंगले बस रिजर्भ गरेर काठमाडौँ मान्छे पठाउन थालेपछि संक्रमणको जोखिम उस्तै बढ्न थालेको छ। अहिले विराटनगरबाट आएका सात बससँगै पूर्वबाट आएका अन्य बसहरु पनि नागढुंगामा रोकिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell