PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

योजना निरीक्षण गर्न गएका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातका कारण निधन



सुमित मिश्र

योजना निरीक्षण गर्न गएका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातका कारण निधन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केबरका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातबाट निधन भएको छ।

आफ्नै वडामा पर्ने पर्यटकीय स्थल मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न मंगलवार दिउँसो मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै गएका बेला हृदयघात भएर ५५ वर्षीय वडाध्यक्ष उप्रेतीको निधन भएको हो।

मेयर महतोका अनुसार योजना निरीक्षणको क्रममा एकाएक हृदयघात भएर ढलेपछि उनलाई उपचारको लागि जनकपुर लैजादै गर्दा बाटोमै करिब ५ बजेको समयमा निधन भएको हो। उप्रेती नेपाल कम्युनिस्ट पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell