PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सांसद अपहरण काण्डको जाहेरी दर्ता नगरेको विरोधमा जसपा महोत्तरीले निकाल्यो मसाल जुलुस



सुमित मिश्र

सांसद अपहरण काण्डको जाहेरी दर्ता नगरेको विरोधमा जसपा महोत्तरीले निकाल्यो मसाल जुलुस

जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको विरोधमा महोत्तरीमा मसाल जुलुस प्रदर्शन गरिएको छ। महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका यादवको राजनीतिक अपहरण गरी जाहेरी दर्ता समेत नगरेको भन्दै सरकारविरूद्ध महोत्तरीको सम्सी बजारमा मसाल जुलुस प्रदर्शन गरिएको हो।

सांसद यादवलाई सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा सांसद महेश बस्नेत र कृष्ण बस्नेतले नाटकीय शैलीमा अपहरण गरेको आरोप लगाउँदै जनता समावादी पार्टी महोत्तरी क्षेत्र नम्बर ४ का अध्यक्ष ज्ञानदेव यादवले मंगलवार सरकारी वकिल कार्यालयमा जाहेरी समेत दर्ता नगरेको विरोधमा सम्सी गाउँपालिकाको कार्यालयदेखि सम्सी बजारसम्म मसाल जुलुस प्रदर्शन गरिएको बताए।

अध्यक्ष यादवले भने, ‘कानुन सबैका लागि बराबर हो, तसर्थ अपहरण काण्डको मुद्दा अविलम्व दर्ता गर्नुपर्छ। यो दबाब स्वरुप सांकेतिक जुलुस मात्र हो, जाहेरी दर्ता नभए स्थिति भयावह हुनसक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell