
जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश नम्बर २ सरकारले स्थापना गरेको राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ६ लाखको चेक हस्तान्तरण गरेका हुन्।
राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिहरुको समेत सहयोग छ। राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ।