PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सत्ताको दाउपेचबीच प्रम ओलीले रचे अर्को कविता



सत्ताको दाउपेचबीच प्रम ओलीले रचे अर्को कविता

काठमाडौं : यतिबेला नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा सत्ताको रस्साकस्सी छ। नेताहरुलाई सम्हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई हम्मेहम्मे परेको छ।

यही तनावकाबीच पनि ओलीले भने दिनदिनै कविता लेख्न थालेका छन्। मे १ को अवसरमा शुक्रवारमात्र अब आँशु खसाउनुपर्दैन शीर्षकमा कविता लेखेका प्रम ओलीले शनिवार पनि कविता रचेका छन्।

उनले रचेको कविता 'बन्छ नमूना नेपाल' प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

ओलीले कवितामार्फत स्वदेशमा नै रोजगारी सिर्जना गरेर देश विकास गर्ने भाव व्यक्त गरेका छन्। उनले स्वदेशमै रोजगार सिर्जना गरेर प्रवास जाने वातावरण हटाउने बताए पनि ५० लाख नेपाली विदेशमा छन्। उसो त ती नेपाली लकडाउनपछि फर्के भने के गर्ने कुनै योजना पनि छैन सरकारको। बरु कोरोनाका कारण संसार लकडाउनमा हुँदा सरकारले इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रक्रिया थाल्ने निर्णय गरिसकेको छ।

यस्तो छ प्रमको अर्को कविता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell