PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चोरबाटो हुँदै भारत जान खोज्ने ११ जना समातिए



सुमित मिश्र

चोरबाटो हुँदै भारत जान खोज्ने ११ जना समातिए

जनकपुरधाम : महोत्तरीमा चोर बाटो हुँदै भारत जान लागेको ११ जनालाइ प्रहरीले पक्राउ गरेको छ। आज (सोमवार) बिहान महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं.९ बथनाहा बाट चोरबाटो हुँदै भारत जान लागेको ११ जना भरतीय नागरिलाई प्रहरीले पक्रेको हो।

महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ बहेराचौक स्थित साहुजी धर्मशालामा विगत एक वर्षदेखि बस्दै आएका उनीहरु आज बिहान भारततर्फ प्रवेश गरिरहेको बेला सोही ठाउँका स्थानीय युवाहरुले उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको मनरा सिस्वा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बलिराम रायले जानकारी दिए।

कोलकाता घर बताउने ती सबै ११ जना एकडारा ५ मा जस्ताको भकारी बनाएर गाउँघरमा घुमिघुमी बेच्ने व्यापारी रहेको सीमा प्रहरी पोस्ट कट्टी कटैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पवन कुमार मिश्रले जानकारी दिए।

‘लामो लकडाउनका कारण उनीहरुको व्यापार व्यवसाय चौपट्ट भएपछि घर फर्किन खोजिरहेका थिए। तर, यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नगराइएकाले उनीहरूलाई समातेर पुनः पहिलेकै ठाउँ (एकडारा ५) मा फर्काइएको छ,’ उनले भने।

पक्राउ गरिएका भारतीय कामदारहरुलाई सोधपुछ गर्दा डेढ महिनादेखि काम बन्द भएपछि गोजीको पैसा सकिन लागेको र खानपानमा समस्या भएकाले घर जान लागेको बताएको मिश्रले जानकारी दिए।

गृह मन्त्रालयले सीमा सुरक्षामा थप कडाई गर्ने निर्णय गरेपछि सीमा नाकामा कडाइ गरिए पनि लुकिछिपी चोरबाटो हुँदै आवतजावत जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell