PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

राहत वितरणमा लफडा भएपछि १३ राउन्ड अश्रु ग्यास प्रहार, डिएसपीसहित ५ जना घाइते



सुमित मिश्र

राहत वितरणमा लफडा भएपछि १३ राउन्ड अश्रु ग्यास प्रहार, डिएसपीसहित ५ जना घाइते

जनकपुरधाम : सिरहामा राहत वितरणको विषयमा झडप हुँदा प्रहरीले ४ राउन्ड अश्रु ग्यास र १३ राउन्ड हवाई फायर गरेको छ। सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ७ फूलबरीयामा राहतको विषयमा झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए।

घटनामा परी ५ जना घाइते भएका छन्।

लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नहरुहरुलाई वास्ता नगरी अरुलाई राहत बाँडेको भन्दै विवाद भएको प्रत्यक्षदर्शी गणेश शर्माले बताए। झडपमा परी तीन जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

झडपमा परी घाइते भएकाको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ भने झडप नियन्त्रण गर्न पुगेका इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवालको हातमा सामान्य चोट लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell