PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महोत्तरीमा लागुऔषधसहित एक युवक पक्राउ



सुमित मिश्र

महोत्तरीमा लागुऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम : जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि मात्रामा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षीय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाण्डेय लगायतका समूहले लामो समयदेखि लागुऔषधको तस्करी गर्दै आएको सूचनाको आधारमा प्रहरी टोलीले उनलाई जलेश्वर नगरपालिका ४ स्थित सडकबाट पक्राउ गरेको हो। खाद्य सामग्री जस्तो बोरामा प्याक गरी चकनी बजार हुँदै नेपाल भित्रिन लागेका पाण्डेयलाई जाँच गर्दा उनको साथबाट एक्सपलोन लेखेको १०० एमएलको ५० वोतल स्पास्मो प्रोक्सिभान लेखेको ६ पतामा १ सय ४४ पिस टयावलेट, नाईट्रोभेट १० लेखेको २० पतामा ३ सय पिस टयावलेट र दुई थान मोवाईल र सिम समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। कारोनाको महामारी फैलिरहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवरका आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली सक्रिय भएपछि उक्त सफलता हात लागेको एसपी अधिकारीले बताए।

पक्राउ परेका युवकले सीमा सिल भएको अवस्थामा समेत लागुऔषध कटाएर ल्याउन सक्नुमा पारिबाट पनि उनलाई अन्य कसैले सहयोग गरेकोले सहयोग गर्ने  व्यक्तिहरुको समेत खोजी भइ रहेको एसपी अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell