
काठमाडौं : पर्सामा २ महिने शिशुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा १७ जनामा कोरोना देखिएको र जसमा दुई महिना शिशु समेत रहेको जनाइएको छ। यसअघि नेपालगञ्जकी ७ र ९ वर्षीया बालिकालाई भाइरसको संक्रमण देखिएको थियो।