PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ सरकारलाई ‘सेभ द चिल्ड्रेन’ले दियो पीपीई लगायतका स्वास्थ्य सामग्री



सुमित मिश्र

प्रदेश २ सरकारलाई ‘सेभ द चिल्ड्रेन’ले दियो पीपीई लगायतका स्वास्थ्य सामग्री

जनकपुरधाम : ‘सेभ द चिल्ड्रेन’ले प्रदेश २ सरकारलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सामाजिक विकास मन्त्री नवल किशोर साह र मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सामाजिक विकासमन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक अभियानमा सहयोग पुग्ने बताए। उनले विश्वव्यापी महामारीका बेला स्वास्थ्य सामग्रीहरुको अभाव झेलिरहेको प्रदेश सरकारलाई उक्त सहायताले स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणबाट बच्न सहयोग पुर्‍याउने बताए।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाहरुबाट उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको रहेको दाबी गरेको छ। कार्यक्रममा सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डाक्टर अजयकान्त झाले प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढिरहँदा धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले आफूहरुको प्राथमिकता यस महामारीको नियन्त्रणमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell