PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

सशस्त्र प्रहरी बल धनुषाले सीमाबाट बरामद गर्‍यो २० किलो गाँजा



सुमित मिश्र

सशस्त्र प्रहरी बल धनुषाले सीमाबाट बरामद गर्‍यो २० किलो गाँजा

जनकपुरधाम : सशस्त्र प्रहरी बल धनुषाले २० किलो ७ सय ग्राम अवैध गाँजा बरामद गरेको छ। शुक्रवार राति सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल खडकाको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरीक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजनाको मोटरसाइकल गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका-५ एकराहीबाट सरावेतर्फ गइरहेका तीन जनाले बोकेको तीन वटा पोका फालेर भागेका थिए।

मेशिनले प्याक गरिएको तिनवटै पोकाबाट गाँजा बरामद गरिएको सूचना अधिकारी समेत रहेका खडकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell