PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भोलिबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्थाः कुन सवारी कतिखेर गुड्न पाउने?



भोलिबाट उपत्यकाभित्र सवारी चलाउन नयाँ व्यवस्थाः कुन सवारी कतिखेर गुड्न पाउने?

काठमाडौं : उपत्यकाभित्र आइतवारबाट सवारी साधन चलाउनका लागि नयाँ व्यवस्था लागु गरिएको छ।

आइतवारबाट बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने ट्राफिक प्रहरी मशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए।

त्यस्तै सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। त्यस्तै बैंक तथा सहकारीहरुको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा,प्रहरी कार्यालय रानीपोखरी, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमखुको बैठकले अर्को सुचना जारी नभएसम्मको लागि नयाँ व्यवस्था लागु गरेको हो।

त्यस्तै अत्यआवश्यक खाद्यन्य ढुवानीका सवारी साधनले भने बिहान १० बजेसम्म ढुवानी गरिसक्नु पर्ने व्यवस्था गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell