PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनकपुरमा सञ्चालनमा आयो ४२ बेडको कोरोना विशेष अस्पताल



सुमित मिश्र

जनकपुरमा सञ्चालनमा आयो ४२ बेडको कोरोना विशेष अस्पताल

जनकपुरधाम : जनकपुरमा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ। जनकपुरको प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिंङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना ‘लेभल-२’ विशेष अस्पताल सञ्चालनमा आएको हो।

कोभिड-१९ विशेष अस्पतालमा आईसीयू, अप्रेशन थिएटर, प्रसुति गृह लगायतका सेवाको व्यवस्था गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले जानकारी दिए।

उनका अनुसार कोरोनाका बिरामीको उपचारका लागि सो अस्पतालमा ८ वटा आईसीयू बेड, एउटा अप्रेशन थिएटर र एउटा प्रसुति कोठाको व्यवस्था गरिएको छ। त्यस्तै कोरोना संक्रमितलाई नुहाउन, लुगा धुन, लुगा सुकाउनुको साथै हिँडडुल गर्न पर्याप्त ठाउँको सुरक्षित व्यवस्था मिलाइएको उनले बताए।

‘कोरोना विशेष अस्पतालमा स्टाफ–स्टाफको बीचमा इन्फेक्सन हुन नदिने, नजिकका बस्ती वा समाजमा संक्रमण फैलिन नदिने र उपचारका उपकरणहरुको निर्मलीकरण गर्ने व्यवस्था मिलाएका छौं’, डा सिंहले पहिलो पोस्टसँग भने, ‘प्रादेशिक अस्पतालमा आएका कोरोना संक्रमण शंकास्पद बिरामी तथा कोरोना पुष्टि भएका बिरामीलाई विशेष अस्पतालमा राखेर उपचार गरिने छ। उपचारमा प्रादेशिक अस्पतालकै चिकित्सकहरु खटिने छौं।’

हालसम्म यस क्षेत्रमा संक्रमित देखिएका छैनन् भने प्रादेशिक अस्पतालमा कोहि पनि कोरोना संक्रमित बिरामी आएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell