PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सीजीटीएनले सच्यायो गल्ती : सगरमाथा नेपाल चीन सीमामा पर्छ



सीजीटीएनले सच्यायो गल्ती : सगरमाथा नेपाल चीन सीमामा पर्छ

काठमाडौं : मे २ मा चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै समाचार प्रकाशित गर्‍यो। भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको बेला चिनियाँ मिडियाले एक हप्ताअघि सगरमाथा तिब्बतमा पर्ने भन्दै सार्वजनिक गरेका तस्विरहरु भाइरल भए।  

तस्विर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भयो। सीजीटिएनलाई मेनसन गर्दै धेरैले गल्ती सच्याउन आग्रह गरे।

यसैबीच सीजीटीएनले मे २ मा गरेको ट्वीटलाई सच्चाउँदै सगरमाथा नेपाल चीन सीमामा रहेको भन्दै ट्वीट गरेको छ।

गत मेमा सीजीटीएनले सगरमाथाको उचाइ नाप्न गएका टोलीहरुबाट प्राप्त तस्विरहरु प्रकाशित गर्दै 'चोमोलुङ्गम' चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरेको थियो। सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्ममा भनिन्छ।

सगरमाथाको उत्तरी मोहडातिर चीनमा पर्छ र सोही क्षेत्रबाट नै केही दिन अगाडिबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell