PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषामा पनि देखियो दुई जनामा कोरोना



सुमित मिश्र

धनुषामा पनि देखियो दुई जनामा कोरोना

धनुषामा पहिलोपटक कोरोना पोजेटिभ केस देखिएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार धनुषाका दुई जनामा मंगलवार कोरोना केस देखिएको हो।

धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा कोरोना देखिएको हो। यसैगरी महोत्तरीमा १६, ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ।

मन्त्रालयले राति १० : १५ बजे गरेको अपडेट अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो अपडेटअनुसार नयाँ पुष्टि भएको संख्या छव्वीस (२६) पुगेको छ।

नयाँ सँक्रमितमा पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरू क्रमशः १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू रहेका छन्। यस्तै, भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमासमेत कोरोना देखिएको छ।

हालको अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा संख्या २१७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell